भूकम्पपीडितका लागि अस्थायी टहरा बनाउँदै तरुण दल

भूकम्पपीडितका लागि अस्थायी टहरा बनाउँदै तरुण दल

मुसिकोट । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल जाजरकोटमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणमा जुटेको छ । ५० जना युवाहरुले ४ वटा समूह बनाएर काम गरिरहेका छन् ।

जिल्ला सदरमुकाम खलंगामा स्थानीय युवा समेतको सहभागितामा अस्थायी आवास निर्माण गरिरहेको तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाहेक भेरी नगरपालिका–१ का रिम्ना लगायतका स्थानमा तीन समूह बनाएर अस्थायी आवास निर्माण भइरहेको छ ।

‘गत बुधबारदेखि हामी निरन्तर अस्थायी आवास निर्माणका जुटेका छौं,’ अध्यक्ष गुरुङले भन्नुभयो,’ ‘आज बेलुकासम्म ४० वटा अस्थायी टहरा पूर्णरुपमा निर्माण सम्पन्न गर्ने गरि अहिले काम भइरहेको छ ।

आफ्नै खर्चमा टिनसमेत ल्याएर भूकम्प प्रभावित क्षेत्रका निम्न वर्गिय घर–परिवारका लागि अस्थायी टहरा निर्माणमा जुटेको तरुण दलले जानकारी दिएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार