सिक्किम प्रहरीले गर्यो युट्युबर उमा चाम्लिङ राईलाई पक्राउ

सिक्किम प्रहरीले गर्यो युट्युबर उमा चाम्लिङ राईलाई पक्राउ

सिक्किम प्रहरीले खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई पक्राउ गरेको छ।

उनलाई सिक्किमको सदर थाना प्रहरी चौकीले सांप्रदायिक अशान्ति फैलाएको आरोपमा शनिबार पक्राउ गरेको हो ।

भारतीय समाचार एजेन्सी पिटिआईको अनुसार उनले सन् २०२४ मा हुने विधान सभा चुनाव नजिकँदै गर्दा सिक्किमवासीबीच सांप्रदायिक अशान्ति फैलाएको आरोप छ।

उमाले केही दिन अघि सामाजिक सञ्जालमा भिडिओ हाल्दै सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै भिडिओ हालेको र उनीविरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्।

उमाले सिक्किममा प्रवेश गर्दा लिनुपर्ने इन्नर लाइन पर्मिट पनि नलिएको आरोप छ।

राईलाई अदालतमा समेत उपस्थित गराइसकेको छ। उनलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्‍धान गर्न अनुमति दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार