झापामा श्रीमानले गरे श्रीमतीको हत्या

झापामा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौँ । झापामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

ईलाम माङसेबुङ गाउँपालिका ४ घर भई झापाको दमक नगरपालिका २ बगर मखमली बस्ने ६० वर्षीय धन बहादुर बिश्वकर्माले ६० वर्षीय श्रीमती ईन्द्र कुमारी बिश्वकर्माको हत्या गरेको प्रहरीले जनाएको छ ।

सामान्य विवादको क्रममा धन बहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्र कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले धन धन बहादुरलाई शनिबार पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार