मुसिकोटबाट अवैध काठ बरामद

मुसिकोटबाट अवैध काठ बरामद

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ क्वाम्माखोलाबाट अवैध काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमको नियमित गस्ती टोलीले क्वाम्माखोलाबाट अवैध रुपमा कटान भई राखिएको काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारका अनुसार उत्तिस प्रजातिको २३ थान र पाँगर प्रजातिको २५ थान गरी जम्मा ४८ थान चिरानी काठ बरामद गरिएको छ ।

काठ अवैध रूपमा कटान मछान गरी झुलखेत–गार्पा जोड्ने कृषि सडक छेउमा लुकाई राखेको अवस्थामा बरामद गरेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख परियारका अनुसार घटनाको थप अनुसन्धान गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने छ ।

त्यस्तै शुक्रवार मात्र डिभिजन वन कार्यालयको टोलीले त्रिवेणी गाउँपालिका ५ को भोखाधुरी सामुदायिक वन क्षेत्रबाट एक थान गोलिया र ३३ थान अवैध रूपमा चिरानी गरिएको काठ बरामद गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार