सँगै तरुल खोज्न जंगल गएका साथीको हत्या

सँगै तरुल खोज्न जंगल गएका साथीको हत्या

पर्वतमा तरुल खोज्न जंगल गएका युवकको संगै गएका अर्को व्यक्तिले हत्या गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो।

रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए। सँगै जंगल गायक साथी नेपालीले रिजाललाई तरुल खन्न प्रयोग गरिएको हतियारले घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले बताए। हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ।

नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार