बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङ्गैका ७ वर्षीय सागर चौधरीको मृत्यु भएको हो ।

पुस १६ गते सोमबार बेलुकी साढे ४ बजे तुलसीपुर–१८ स्थित जनकल्याण माध्यमिक विद्यालयबाट घर फर्कदै गरेका बालक चौधरीलाई भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

बसको ठक्करपछि बालकको घटनास्थलमै मृत्यु भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार