जापानमा अवतरणको क्रममा विमानमा आगलागी

जापानमा अवतरणको क्रममा विमानमा आगलागी

जापानको राजधानी टोकियोस्थित जापान एयरलाइन्सको एक विमानमा आगलागी भएको छ।

मंगलबार सापोरो सहरको न्‍यू चिटोज विमानस्थलबाट हानेदा विमानस्थलमा पुगेको फ्लाइट ५१६ नम्बरको विमान अवतरणको क्रममा अर्को विमानसँग ठोक्किएर आगलागी भएको हुनसक्ने स्थानीय समाचार एजेन्सी क्योडोले जनाएको छ।


विमानमा चालक दलसहित ३७९ जना सवार थिए। उनीहरू सबै जना सुरक्षित रहेको क्योडोले समाचारमा उल्लेख गरेको छ। जापान एयरलाइन्सका अनुसार विमान अवतरण गर्ने क्रममा रनवेमा अर्को विमानसँग ठोक्किएको हुनसक्ने बताइएको छ। त्यस विमानमा रहेका एक जना भाग्न सफल भएका छन्। अन्य पाँच जनाको मृत्यु भएको समाचार संस्था एनएचकेले प्रहरीलाई उदृत गर्दै समाचार लेखेको छ। यो विषयमा थप जानकारी आउन बाँकी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार