आठविसकोटमा बजार अनुगमन, म्याद नाघेका सामान जफत

आठविसकोटमा बजार अनुगमन, म्याद नाघेका सामान जफत

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडी बजार क्षेत्रका पसलहरुमा अनुगमन गरिएको छ ।

मंगलबार आठविसकोट नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र  ईलाका प्रहरी कार्यालय आठबीसकोटको संयुक्त आयोजनामा राडी बजारमा रहेका बिभिन्न पसलहरुको अनुगमन गरिएको हो ।

राडी बजारको बिभिन्न ठाउँका करिब १०० वटा खाद्य तथा किराना पसल, नास्ता पसल, मेडिकल, तरकारी तथा फलफुल पसलको अनुगमण गरिएको जनाइएको छ।

अनुगमनको क्रममा केहि पसलहरुबाट म्याद गुज्रेका पेय पर्दाथ, मरिचको धुलो, मम मसला, बेसार, चाउचाउ, बिस्कुट, कुरमुरे बरामद गरि नियन्त्रणमा लिईएको छ भने दर्ता तथा नविकरण नभएका व्यवसायीहरुलाई तत्काल व्यवसाय दर्ता, नविकरण गर्न निर्देशन दिईएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मान बहादुर खत्रीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा ९ हजार ८५० रुपैया मुल्यका म्याद नाघेका सामानहरु जफल गरिएको छ। व्यवसायीहरुलाई पहिलो पटक सुझाव दिईएको र सुझाव पुरा नभएमा उपभोक्ता संरक्षण ऐन अनुसार कारबाहि गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख केसीले जानकारी दिनुभयो ।

त्यस्तै अनुगमनका क्रममा अनुगमन टोलीले तोकीएकै मुल्यमा सामान बिक्रि गर्न निर्देशन दिनुका साथै मुल्यसुचि प्रष्ट देखिने गरि राख्न पनि सुझाव दिइएको छ ।

सयुक्त बजार अनुगमनमा आठविसकोट नगरपालिका नगर उपप्रमुख धनकुमारी शाही, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मान बहादुर खत्री, ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन मरासैनी, नगर प्रहरी प्रमुख निरज विक, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सदस्य सत्य बटाला लगायतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार