अदालतबाट हत्कडीसहित थुनुवा फरार

अदालतबाट हत्कडीसहित थुनुवा फरार

सांकेतिक तस्बिर

काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको उनले बताए । उनले भने, ‘फरार खड्काको खोजी गरिरहेका छौं ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार