कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएकाे छ। बैठक आज दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्न लागेकाे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन भनिएको छ।

सत्ता गठबन्धनमा राष्ट्रियसभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेकाे छैन।

राष्ट्रियसभाको चुनावमा प्रतिपक्षी एमालेलाई पनि सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावले गठबन्धनमा असन्तुष्टि देखिएको छ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मंलबारको गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको चुनावमा आफ्नो दललाई शून्य नबनाऊन आग्रह गरेको ब्रिफिङ गरेका थिए।

राष्ट्रियसभाका २० जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।

कार्यकाल सकिनुअगाडि नै माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार