राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे सहमति जुट्न नसकेको हो ।

गठबन्धन दलबीच १९ सिटको भागबण्डा मिलाउन छलफल भएको हो । छलफलमा ठोस सहमति जुट्न नसकेको जनमोर्चाकी नेत्री दुर्गा पौडेलले बताइन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैलाई मिलाएर जान आफू तयार रहेको बताए पनि ठोस सहमति भइनसकेको उनले बताइन् ।

गठबन्धनमा कांग्रेसले ११ सिटमा दाबी गरेको छ भने माओवादीले सात सिटमा दाबी गरेको छ । यस्तै, नेकपा एसले पाँच सिटमा दाबी गरेको छ । साना दलले पनि सोहीअनुसार माग गरिरहेका छन् ।

नेकपा एमालेले पनि सुरुमा सत्ता गठबन्धनसँग पाँच सिट माग गरेको थियो । गठबन्धनले सहमतिका लागि टिआरसी विधेयकमा सहमत हुनुपर्ने सर्त अघि सारेपछि एमाले पछि हटेको थियो ।

नेकपा एसले गठबन्धन दलबीचमात्रै भागबण्डा मिलाएर जान जोड दिएको थियो । सो पार्टीले राष्ट्रिय सभामा अध्यक्ष पद आफूले पाउनुपर्ने दाबी पनि गर्दै आएको छ ।

गठबन्धनका नेताहरु आइतबार पनि छलफलमा बस्न्े भएका छन् । बैठकको स्थान र समय भने टुंगो लागेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार