त्रिवेणीका भूमिहिन लाभग्राहीलाई निस्सा वितरण

त्रिवेणीका भूमिहिन लाभग्राहीलाई निस्सा वितरण

मुसिकाेट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेका भूमिहिनलाई लाभग्राही निस्सा वितरण गरिएको छ ।

आईतबार राष्ट्रिय भूमि आयोग रुकुम पश्चिम र त्रिवेणी गाउँपालिकाको समन्वयमा गाउँपालिकाभरका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाभग्राही निस्सा वितरण गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका १०७ जना भूमिहिन तथा अव्यवस्थित बसोबारीलाई निस्सा वितरण गरिएको हो ।
त्रिवेणी गाउँपालिका अध्यक्ष तथा स्थानीय सहजिकरण समिति संयोजक गणेश कुमार केसीको अध्यक्षता र राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका अध्यक्ष मीन बहादुर ओलिको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भुमि आयोग रुकुम पश्चिमका विज्ञ सदस्य सुशील बिष्ट, गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ती, १० वटै वडाका वडाध्यक्ष तथा राजनीति दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार