रुकुम पश्चिममा रुखबाट लडेर एक जनाको मृत्यु

रुकुम पश्चिममा रुखबाट लडेर एक जनाको मृत्यु

मुसिकाेट । रुकुम पश्चिममा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको आठबीसकोट नगरपालिका १४ पिपलचौरका ४९ वर्षिय रामलाल जैसीको मृत्यु भएको हो ।

स्थानीय बसन्त चन्दका अनुसार आईतबार दिउँसो घर नजिकैको कोटमाराको रुखमा घाँस काट्न गएका जैसी लडेर अवस्था गम्भिर भएपछि आठबीसकोट नगर अस्पताल लगिएको थियो ।

उपचारका लागि अस्पताल लगिएका जैसीलाई डाक्टरले मृत घोषणा गरेको चन्दले जनाउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार