कांग्रेसले छान्यो राष्ट्रियसभाका १० उम्मेदवार, कुन प्रदेशबाट को ?

कांग्रेसले छान्यो राष्ट्रियसभाका १० उम्मेदवार, कुन प्रदेशबाट को ?

 नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गरेको छ। कांग्रेसले सोमबार बिहान उम्मेदवार  चयन रहेको हो । कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ ।

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको महतले बताए ।

१० जना मध्ये शेखर कोइराला र गगन थापा पक्षले तीन जना पाएको छ । गण्डकीबाट श्रेष्ठ र परियार तथा लुम्बिनीबाट सापकोटा शेखर र गगन समूहको कोटामा उम्मेदवार बनेका हुन् । उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन्।

यस्तै मधेश प्रदेशबात ढुंगानालाई उम्मेदवार बनाउने निर्णयमा नेता अर्जुन नरसिंह केसी र बलबहादुर केसीको पनि लिखित असहमति छ । मधेस प्रदेशबाट मधेशी मूलका व्यक्तिलाई उम्मेदवार नबनाइएको उनीहरुको आपत्ति थियो ।

CWC CEC Meeting, 2080.09.22

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार