भूकम्प पीडितलाई न्यानो कपडा वितरण

भूकम्प पीडितलाई न्यानो कपडा वितरण

मुसिकोट । रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका १ का एक सय परिवारलाई युएन ओमनको आर्थिक सहयोग र विपद व्यवस्थापन अध्ययन केन्द्रको सहजीकरणमा न्यानो कपडा वितरण गरिएको हो ।

भूकम्पका कारण घर भत्कीएर पालमुनी वसी रहेका परिवारहरुलाई चिसोवाट जोगाउन राहत साम्रगीको रुपमा न्यानो कपडा वितरण गरिएको विपद व्यवस्थापन अध्ययन केन्द्र रुकुम पश्चिमका जिल्ला कार्यक्रम संयोजक प्रविर ददेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, विपन्न परिवारलाई राहत सामग्रीको रुपमा न्यानो कपडा वितरण गरिएको हो।

कार्यक्रममा विपद व्यवस्थापन अध्ययन केन्द्रका प्राविधिक सल्लाकार माधव अधिकारी, राजनीतिक दलका प्रतिनिधी, स्वयमसेवक, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

शुक्रबार सानीभेरी गाउँपालिका २ का एक सय सिमान्तकृत समुदायलाई राहत वितरण गरिने जनाइएको छ।

त्यस्तै विपद व्यवस्थापन अध्ययन केन्द्रले सानीभेरी गाँउपालिकाका वडा नम्बर १ र २ का साथै आठविसकोट नगरपालिकाको वडा नम्बर १३ र १४ का ५ सय घरपरिवारलाई राहत सामग्री वितरण गर्न लागेको जिल्ला कार्यक्रम संयोजक ददेलले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार