बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न सर्लाही अदालतको आदेश

बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न सर्लाही अदालतको आदेश

जिल्ला अदालत सर्लाहीले बाल यौन शोषणको मुद्दामा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनीविरुद्ध जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’को आरोपमा मुद्दा परेको थियो । जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

बिहीबार बसेको न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । अदालतको आदेशपछि बम्जनलाई जिल्ला कारागार महोत्तरी लगिएको छ ।

सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बताउने बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।

बम्जनको मुद्धामा बिहीबार लगभग ४ घण्टा बहस चलेको थियो । वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यलयका प्रमुख कैलाश दाहाल र अधिवक्ता अन्नत न्यौपाने तथा प्रतिवादीका तर्फबाट अधिवक्ताहरू डा. कुन्साङ लामा, अजय तामाङ, दिलिप कुमार झा, महनिधि सेडाई र अमृत कुमार लामाले बहस गरेका थिए ।

बहस पछि आरोपी बम्जनलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएको भन्दै अदालतले पुर्पक्षमा राख्ने दिएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार