बिमा क्षतिपूर्ति वापत ५ लाख १५ हजार सहयोग

बिमा क्षतिपूर्ति वापत ५ लाख १५ हजार सहयोग

दाङको शान्तिनगर गाउँपालिका ५ श्रीगाउँ स्थित सुन्दरी सर्केनिको श्रीमान जित बहादुर सार्कीलाई मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्थां  हापुरे शाखाले बिमा बाफतको ५ लाख रूपैया कर्जा मिनाहा र १५ हजार रुपैया काजकिरिया खर्च सहयोग गरेको छ ।

उक्त रकम हापुरे शाखाका प्रबन्धक बिशाल विश्वकर्माले हस्तान्तरण गर्नुभएको हो । मेरो लक्ष्मी महिला केन्द्रमा बचत तथा कर्जाको कारोबार गर्दै आउनु भएकी सर्केनिको असोज ६ गते ह्दयघातको कारण निधन भएको थियो । उहाँ मेरोमाइक्रोफाइनान्स हापुरे शाखा अन्र्तरगत बिगत २०७३ साल देखि समुहमा आवद्ध भएर कारोबार गर्दै आउनु भएको थियो ।

मेरोमाइक्रोफाइनान्सले ६४ जिल्लामा १ सय ५० शाखा कार्यालयबाट विभिन्न जिल्लाहरुमा १ लाख ६० हजार भन्दा बढी घरधुरीहरुलाई बित्तीय सेवा दिदै आएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार