डिग्रे शाइकुमारीद्धारा सदस्यलाई पेन्सन सुविधा वितरण

डिग्रे शाइकुमारीद्धारा सदस्यलाई पेन्सन सुविधा वितरण

मुसिकोट । रुकुम पश्चिमको डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई पेन्सन वितरण गरेको छ । संस्थाको लघु वित्त कार्यक्रममा पेन्सन बचत योजना अन्तर्गत सहभागी सदस्यहरुको १५ वर्षे सेवा अवधि पुरा भएपछि बिहिबार एक कार्यक्रम गरी २१ जना सदस्यहरुलाई पेन्सन सुविधा वितरण गरेको हो ।

संस्था अन्तर्गतका शितल पोखरी शाईकुमारी महिला केन्द्र, केन्द्र नम्बर ७ का २१ जना सदस्यहरुलाई पेन्सन वितरण गरिएको संस्थाका प्रवन्धक यज्ञ विष्टले जानकारी दिनुभयो ।

सदस्यले जति बचत गरेका छन् उक्त बचत सहित त्यति नै बराबर पेन्सन थपेर वितरण गरिएको उहाँले बताउनुभयो । यसरी २१ जना सदस्यलाई ५ लाख ५५ हजार ५५० रुपैंया वितरण गरिएको प्रवन्धक विष्टले बताउनुभयो ।

संस्थाका अध्यक्ष बेदराज शर्मा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष मोहविर खड्का, सञ्चालक समिति सदस्य नवराज पाण्डे, गोकर्ण खड्का, संस्थाका प्रबन्धक यज्ञ विष्टको आथित्यता रहेको थियो ।

२०६३ सालमा स्थापना भएको संस्थाले २०६४ साल देखि लघुवित्त कायक्रम सञ्चालन गरेको थियो । यस डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थामा ५ हजार ८ जना सदस्य आवद्ध रहेका छन ।

संस्थाले हाल केन्द्रिय कार्यालय खलंगा, सेवा केन्द्र कार्यालय रुकुमकोट, झुल्नेटा, आठविसकोट र चौरजहारीबाट सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार