जनप्रिय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

जनप्रिय सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न

मुसिकोट । जनप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुकुम पश्चिमको चौथो साधारण सभा सम्पन्न भएको छ । शनिबार मुसिकोटमा आयोजना गरिएको सहकारीको चौथो साधारण सभा आय व्यय प्रस्तुत गर्दै सम्पन्न भएको हो ।

साधारण सभामा सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार शर्माले संस्थाको गत आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रगति विवरण प्रस्तुत गर्नुभएको संस्थाका प्रबन्धक मोहनलाल ओलीले जानकारी दिनुभयो ।

७९ जना शेयर सदस्य आबद्ध भएर पाँच लाख २५ हजार शेयर पुँजीबाट सञ्चालन गरिएको सहकारी संस्थामा हाल ५२ लाख ३ हजार शेयर पुँजी पुगेको प्रगति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै बचत परिचालन ४३ लाख २९ हजार ५ सय ६५, कर्जा लगानी १ करोड २० लाख १९ तीन सय ८८, नाफा ३ लाख ११ हजार ३ सय १३ रुपैयाँ ९७ पैसा रहेकामा गत आर्थिक २०७८/७९ को खर्च कटाउँदा २९ हजार पाँच सय रुपैयाँ ३८ पैसा घाटामा रहको सहकारीका सञ्चालक समिति अध्यक्ष शर्माले प्रस्तुत गरेको वितरणमा उल्लेख गरिएको छ ।

त्यस्तै चालु आर्थिक वर्ष २०८०/८१ मा संस्थाले २६ लाख २० हजार आम्दानी गर्ने लक्ष्य राखेको जनाइएको छ । संस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभामा जनप्रतिनिधि, शेर सदस्य, राजनीतिक दल प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको आतिथ्यता रहको थियो । कार्यक्रमको सञ्चालन सहकारीका सदस्य सुशिल गौतमले गर्नुभएको थियो ।

२०७७ साल जेठ १४ गते देखि जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा सहकारी संस्था सञ्चालन हुँदै आएको छ । सहकारीमा हाल दुई सय ६५ शेयर सदस्य आबद्ध रहेको प्रबन्धक ओलीले जानकारी दिनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार