मुसिकोटमा कृषि मेला प्रदर्शनी

मुसिकोटमा कृषि मेला प्रदर्शनी

मुसिकोटमा कृषि मेला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास कार्यालय र मुसिकोट नगरपालिका कृषि शाखा रुकुम पश्चिमको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो ।

खलंगा बालमन्दिरमा भएको कृषि मेला प्रदर्शनीमा २४ जना किसानलाई पुरस्कृत गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिन बहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकास्तरिय कृषि मेलामा कृषि उपज प्रदर्शनी गर्ने उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको हो ।

कृषि मेलामा नगरपालिकाका क्षेत्रका दुई सय किसानको सहभागिता रहेको थियो भने प्रदर्शनीमा राखिएका कृषि उपजलाई मूल्याङकन गरी २४ जना किसानलाई पुरस्कृत गरिएको छ ।

विभिन्न ६ वटा विधामा रहेर कृषि उपजको मूल्यांकन गरिएको जनाइएको छ।

पुरस्कृत किसानहरुलाई समान रूपमा नगद पुरस्कार दिईएको निमित्त प्रमुख केसीले जनाउनुभयो । उहाँका अनुसार प्रथमलाई दुई हजार, द्वितियलाई एक हजार पाँच सय, तृतीयलाई एक हजार र सान्त्वनालाई सात सय रुपियाँ पुरस्कार प्रदान गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार