दलबहादुरको उपचारको लागि सहयोगको याचना

दलबहादुरको उपचारको लागि सहयोगको याचना

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १४ लोरीबाङका दलबहादुर ओलीको उपचारको लागि सहयोग याचना गरिएको छ ।

रोजगारिको शिलसिलामा भारतमा लडेर टाउको र मृगौलामा समस्या देखिएपछि उहाँको उपचारको लागि आर्थिक सहयोगको याचना गरिएको हो ।

अहिले दलबहादुरको उपचार भारतको इन्दिरा गान्धि अस्पतालमा भैरहेको र उपचारको लागि धेरै पैसा लाग्ने भएकाले उपचारको लागि सहयोग माग गरिएको उहाँका आफन्त नवराज केसीले जानकारी दिनुभयो।

उहाँको उपचारको लागि लागि सहयोग गर्न चाहनेले शुभेच्छुकले लक्ष्मीसनराइज बैंकमा आफन्त नवराज केसीको नाममा रहेको ०७७०८५०७४४२०५००१ खाता नम्बरमा सहयोग रकम जम्मा गर्ने सकिने बताईएको छ ।

सार्वजनिक रुपमा सहयोगको लागि आह्वान गरेपछि शुभेच्छुकहरुबाट सहयोग रकम संकलन हुन लागेको आफन्त केसीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार