बाँफिकोटका स्थानीय युवाहरुको आक्रमणबाट दुई प्रहरी घाईते

बाँफिकोटका स्थानीय युवाहरुको आक्रमणबाट दुई प्रहरी घाईते

मुसिकोट । आईतबार बेलुका बाँफिकोट गाउँपालिका ३ स्यार्पुमा ड्युटिमा गएका प्रहरी माथि स्थानीय युवाहरुले आक्रमण गर्दा दुई प्रहरी जवान घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्र बहादुर शाही र हिमराज खड्का घाईते हुनुभएको हो ।

स्थानीयको विवाद मिलाउन गएका प्रहरी माथि नै आक्रमण हुँदा दुई जना प्रहरी जवान घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभयो ।

उहाँका अनुसार बाँफिकोट गाउँपालिका ५ का ३४ वर्षिय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका ३ का २७ वर्षिय गोबिन्द बिक, वडा नम्वर ४ का २२ वर्षिय लक्ष्मण बिक, २० वर्षिय सञ्जु खड्का लगायत अन्य १२, १३ जनाको समुहले कुटपिट गरेको सूचनापश्चात प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर सम्झाई बुझाई गर्न खोज्दा उल्टै प्रहरी माथि आक्रमण भएको उहाँले बताउनुभयो ।

उनीहरुले प्रहरी माथि हातपात गर्दै ढुङगा समेत प्रहार गरेर घाईते बनाएको उल्लेख गर्नुभयो । आक्रमणमा परि घाईते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ ।

उपचारका लागि शनिबार राती जिल्ला अस्पताल सल्ले ल्याईएका उहँँहरुलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । प्रहरी माथि हातपात तथा कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको र उनीहरुको खोज तलास भईरहेको प्रहरीको भनाई छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार