आर्मिका कार्की र एपीएफका चौधरीलाई देउखुरी रेसको उपाधी

आर्मिका कार्की र एपीएफका चौधरीलाई देउखुरी रेसको उपाधी

लक्ष्मण बस्नेत

नेपाल आर्मिका टंक कार्की र एपीएफका सिमा चौधरीले देउखुरी रेसको उपाधी जितेका छन् ।

लुम्बिनी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा आज देउखुरीमा सम्पन्न ५ किलोमिटर देउखुरी रेसमा पुरुष तर्फ आर्मिका कार्किले १५ मिनेट २७ सेकेन्ड ६ मिलिसेकेन्ड र महिला तर्फ एपीएफका चौधरीले १६ मिनेट २० सेकेन्ड २ मिलिसेकेन्डमा दुरि पार गर्दै उपाधी जितेका हुन् ।

उपाधी संगै उनले नगद २१ र २१ हजार,मेडल,प्रमाणपत्र हात पारे । त्यस्तै पुरुष तर्फ एपीएफका नागेश्वर अहिर द्वितिय हुदा आर्मिका मिलन कार्की तृतिय भए भने संजय सिह चौथो,सन्तोष अहिर पाचौं र मोहनदेव जोशी छैठौं भए ।उनले क्रमशः जनही १७,१३,९,५ र ३ हजार पुरस्कार हात पारे ।

त्यस्तै महिला तर्फ एपीएफका नेपाल पुलिसका सुमित्रा चौधरि द्वितिय हुदा माबी तुलसिपुर सेन्टरका कमला वलि तृतिय भए भने गोरखा माबी तुलसिपुरका मोतिकला डागी चौथो,आदर्श माबी देउपुरका निरमाया चौधरी पाचौं र सरस्वती माबी बिधानगर गोवर्डियाका अरुनिमा चौधरि छैठौं भए । उनिहरुले क्रमशः जनही १७,१३,९,५ र ३ हजार पुरस्कार हात पारेको देउखुरी रेसका उपनिर्देशक पद्मा चौधरीले जानकारी दिनु भएकोछ ।

रेसमा महिला पुरुष गरि झन्डै दुई सयको सहभागिता रहेको थियो । यसैबिच रेसको उद्घाटन लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले खेलाडिका पाईला नै लुम्बिनी प्रदेश सरकारको पाईला भएको बताउनु भएको छ । हामीले खेलाडिका पाईला प्रदेश सरकारका पाईला हुन् भन्ने बुझाईका साथ नितिगत रुपमा सिङ्गो खेलकुद र खेलाडिको हितमा काम गर्छौ खेलकुद क्षेत्र र खेलाडी निरुत्साहित हुन दिन्नौ उहाँले भन्नुभयो ।

खेलकुद राष्ट्रको सान र गौरव सहितको पहिचान हो,यसको उच्च आदर्शलाई आत्मसात गर्दै लुम्बिनी प्रदेश बाट राष्ट्रिय तथा अन्तराष्ट्रीय क्षेत्रमा पदक बिजेता खेलाडी लाई उचित पुरस्कारले सम्मान गर्ने प्रतिवद्ता समेत उहाँले ब्यक्त गर्नुभयो । कार्यक्रम लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचीव जयप्रकाश भट्टराईको अध्यक्षतामा भएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार