प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त माग गरिएको हो ।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आज जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने फागुन २१ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
