प्रेम संगमको शब्द रहेको ‘तिमी त दुश्मन’ को नयाँ गीत सार्वजनिक

प्रेम संगमको शब्द रहेको ‘तिमी त दुश्मन’ को नयाँ गीत सार्वजनिक

गायिका समिक्षा अधिकारीको स्वरमा ‘तिमी त दुश्मन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गजलकार प्रेम संगमको शब्द सिर्जना रहेको उक्त गीतको भिडियो एभरेष्ट ग्यालरी नामक युटुब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतमा राजकुमार बागरको संगीत रहेको छ भने विनोद बाजुरालीको एरेन्ज रहेको छ । रेकर्डिङ र मिक्स मास्टरिङ पनि राजकुमार बागरकै रहेको छ ।

जनक सिंहले निर्देशन गरेको उक्त गीतको भिडियोमा सनम कठायत, अनिता गिरी र सपना क्षेत्रीलाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायाँकन रहेको उक्त गीतको भिडियोमा सम्पादन र कलर अम्रित चापागाईंको रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार