रुकुम पश्चिममा समाजवादी मोर्चा गठन

रुकुम पश्चिममा समाजवादी मोर्चा गठन

मुसिकोट । रुकुम पश्चिममा समाजवादी मोर्चा नेपालको जिल्ला संयोजन समिति गठन भएको छ ।

शुक्रवार मुसिकोटमा बसेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठकले मोर्चा गठन गरेको हो ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक गोविन्द रोका सचिनको संयोजकत्वमा छ सदस्यीय जिल्ला समिति गठन भएको हो । मोर्चाको सदस्यहरुमा माओवादी केन्द्रबाट प्रदेश समिति सदस्य राधा रोकाय, एकीकृत समाजवादीबाट जिल्ला उपाध्यक्ष एवं केन्द्रीय परिषद सदस्य माधव प्रसाद गौतम र जिल्ला सचिव सुरज परियार, नेकपाबाट केन्द्रीय सदस्य चन्द्र सी र जिल्ला सचिवालय सदस्य अनिता सी रहनुभएको छ ।

समितिको संयोजकत्व समाजवादी मोर्चा नेपालको कार्यविधि २०८० बमोजिम आलोपालो प्रणाली अनुसार हुने भएको मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवी ओली र जिल्ला अध्यक्ष विमल कुमार पुन, माओवादी केन्द्रका केन्द्रीय सदस्य बुद्धि प्रसाद शर्मा, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सक्रेटरी हरि सी लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार