‘जनयुद्ध दिवस’को अवसरमा आठविसकोट नगरपालिकाले दियो सार्वजनिक बिदा

‘जनयुद्ध दिवस’को अवसरमा आठविसकोट नगरपालिकाले दियो सार्वजनिक बिदा

आठबीसकोट नगरपालिका

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले ‘जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिएको छ ।

आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले शुक्रबार निकालेको सूचनामा फागुन १ गते ‘जनयुद्ध दिवस’ को अवसरमा बिदा दिने उल्लेख छ।

आज शुक्रबार बसेको ९२ औँ नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालय, विद्यालय, संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । उक्त नगरपालिकामा गत स्थानीय चुनावमा माओवादी केन्द्रले जितेको थियो ।

सर्वोच्च अदालतले गत पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।

यस्तो छ सूचना:

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार