नापी सर्वेक्षक र लेखापढी कर्मचारी १ लाख घुस सहित पक्राउ

नापी सर्वेक्षक र लेखापढी कर्मचारी १ लाख घुस सहित पक्राउ

नापी कार्यालय कलंकीका सर्वेक्षक र लेखापढी कर्मचारी १ लाख घुस सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा नापी कार्यालय कलंकीका नापी सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रमणि पोखरेल छन्।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस सहित पक्राउ गरेको हो। उनीहरुले जग्गाको हालसाविक र कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ।

सर्भेक्षक चौलागाईंलाई कलंकीस्थित नापी कार्यालयबाटै पक्राउ गरिएको थियो। उनको साथबाट ४५ हजार रुपैयाँ नगद समेत बरामद भएको छ।

यस्तै लेखापढी कर्मचारी पोखरेलको साथबाट ५ हजार रुपैयाँ बरामद भएको बताइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार