प्रभु बैंकका एक कर्मचारीले गरे बचतकर्ताको एक करोड बढी रकम हिनामिना

प्रभु बैंकका एक कर्मचारीले गरे बचतकर्ताको एक करोड बढी रकम हिनामिना

आठविसकोट नगरपालिका –९ राडिमा रहेको प्रभु बैंकको शाखा कार्यालय ।

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ राडी बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले बचतकर्ताको एक करोड ३५ लाख रुपियाँ हिनामिना गरेको  भेटिएको छ ।

प्रभु बैंक बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निरजबिक्रम शाह (निराजन) ले बचतकर्ताको करोडौ रुपियाँ हिनामिना गरेको गुनासो पछि बैंकले आन्तरिक छानबिन समेत सुरु गरेको छ । झुठ्ठा विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम अपचलन गरेको पाईएपछि उक्त रहस्य खुलेको हो । रकम निकालेको आरोप लागेका कर्मचारी शाह अहिले बैंकको सम्पर्कमा नरहेको बताईन्छ ।

बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले यस घटनाको प्रारम्भिक छानबिन गरेर आरोपी कर्मचारी बिरुद्ध मुद्धा चलाउने तयारी गरेको छ ।

प्रारम्भिक छानबिनपछि जिल्ला प्रहरी कार्यालयमा आएको उक्त टोलीले इन्चार्ज शाहले करिब एक करोड ३५ लाख रुपियाँ हिनामिना गरेको निश्कर्ष निकालेको छ । मुद्धाको प्रकृति अनुसार जिल्लामा उक्त मुद्धा नचल्ने भएपछि उच्च अदालतमा जाने निश्कर्षका साथ बैंकको टोली गएको प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

बैकलाई उद्धृत गर्नुहुँदै उहाँले खातावालाको रकम आफु अनुकुल निकाल्ने, अपचलन गर्ने गरेको प्रारम्भिक छानबिनमा देखिएको छ । खातामा जम्मा गर्न आएकाहरुको ठुलो रकम अहिले बैंकको सिस्टमले काम नगरेको, भिडभाड भएको लगायतका बहाना बनाउँदै पछि गर्दिन्छु भनेर फर्काउने तर आफूले प्रयोग गर्ने गरेको समेत बताईएको छ ।

प्रबन्धक गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आईडिबाट विभिन्न व्यक्तिको खाताको ट्रान्सफर गरेको र यस अघि विभिन्न व्यक्तिहरुको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको पाईन्छ । विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनि पैसा दिएका नजिकका आफन्तहरु पनि अहिले बैंकको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्ने गरेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार