विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दुई पत्रकार प्रहरी नियन्त्रणमा

विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दुई पत्रकार प्रहरी नियन्त्रणमा

कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिनुभयो ।

विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमति लिएर प्रहरीले पत्रकारलाई पक्राउ गरेको उहाँले बताउनुभयो । धामीका अनुसार भट्टलाई यसअघि नै नियन्त्रणमा लिएको प्रहरीले पत्रकार कुँवरलाई आज दिउँसो पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई लक्षित गरेर केही दिनयता केही सञ्चार माध्यममा समाचार प्रकाशित भइरहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार