गृह मन्त्रालयले भन्याे- जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको छैन

गृह मन्त्रालयले भन्याे- जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको छैन

काठमाडौँ । गृह मन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको बताएको छ।
सोमबार (आज) विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा सार्वजनिक बिदा नदिएको स्पष्ट पारिएको हो।
यसअघि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, सर्वोच्चले बिदा दिने सरकारको निर्णय बदर गरिदिएको थियो। तर अहिले कतिपय स्थानीय तहले सार्वजनिक बिदा दिइरहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार