‘जनयुद्ध दिवस’ मा पुथा उत्तरगङ्गा गाउँपालिका दियो सार्वजनिक बिदा

‘जनयुद्ध दिवस’ मा पुथा उत्तरगङ्गा गाउँपालिका दियो सार्वजनिक बिदा

रुकुमकोट । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले ‘जनयुद्ध दिवस’ मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको २३ औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘आइतबारको कार्यपालिका बैठकले पुथा उत्तरगङ्गा गाउँपालिका कार्यालय अन्तरगतका सम्पूर्ण सार्वजनिक निकायहरुमा बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

यसअघि जिल्लाको भूमे र सिस्ने गाउँपालिकाले पनि सूचना जारी गरेर ‘जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा रुकुम पूर्वका ३ वटै स्थानीय तह नेकपा (माओवादी केन्द्र) ले जितको थियो ।

सर्वोच्च अदालतले फागुन १ मा ‘जनयुद्ध दिवस’ का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ ।

सूचना:

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार