राष्ट्रिय सभा सदस्य रोकायलाई सम्मान

राष्ट्रिय सभा सदस्य रोकायलाई सम्मान

मुसिकोट । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायलाई रुकुम पश्चिममा बधाई ज्ञापन तथा सम्मान प्रदान गरिएको छ ।

आईतबार मुसिकोटमा आयोजित एक कार्यक्रममा नेपाल प्रेस युनियन रुकुम पश्चिम र नेपाल निजामति कर्मचारी युनियन रुकुम पश्चिमद्वारा राष्ट्रिय सभा सदस्य रोकायलाई बधाई तथा सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति हर्कसिंह खत्री, सचिव परमेश्वर भण्डारी, सह सचिव यज्ञ बहादुर बिष्ट, वडा नम्वर १ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्द, वडा नम्वर २ का वडाध्यक्ष दिनेश खड्का, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य गोपाल शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रवीर ददेल, नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष देवबहादुर ओली, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सुमित्रा केसी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल प्रेस युनियनका सचिव करण बिकले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार