न्यू मुनलाईट बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

न्यू मुनलाईट बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

मुसिकोट । न्यू मुनलाईट बोर्डिङ स्कुल रुकुम पश्चिमको १९ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । सोमबार मुसिकोट नगरपालिका-५ सेरिगाउँमा  रहेको विद्यालय प्राङगनमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरिएको हो ।

कार्यक्रम विद्यालय व्यवस्थाप समितिका अध्यक्ष पहल बहादुर खड्काको अध्यक्षता तथा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुनमगर, मुसिकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष समिरजंग मल्ल, प्याब्सनका केन्द्रीय सदस्य जयबहादुर थापा, प्याब्सनका जिल्ला अध्यक्ष विमलकुमार शर्मा, नेपाल पत्रकार महासंघ रुकुम शाखाका अध्यक्ष लक्ष्मण केसी, अभिभावक, बोर्डिङका सेयर सदस्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रिन्सिपल कुँवरले गर्नुभएको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार