कांग्रेस महासमिति बैठकमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दुःखद : अध्यक्ष लम्साल

कांग्रेस महासमिति बैठकमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दुःखद : अध्यक्ष लम्साल

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा सञ्चार क्षेत्रलाई समेट्ने गरेर कुनै पनि प्रस्ताव नआउनु दुःखद भएको बताउनु भएको छ ।

प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन हुनुभएका अध्यक्ष लम्सालले महासमिति बैठकमा बुधवार आफ्नो धारणा राख्दै सञ्चार क्षेत्रले जताततै चुनौती भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुःखद भएको बताउनुभयो ।

‘प्रेस, न्यु मिडिया, पत्रकारिता जगतले भोग्दै गरेका चुनौतीबारे महासमिति बैठकमा कुनै पनि प्रतिवेदनमा केही आएन, कांग्रेसजस्तो लोकतान्त्रिक दलले सञ्चार क्षेत्रको विषयमा केही नबोल्नु दुःखद छ’ लम्सालले भन्नुभयो ।

उहाँले कांग्रेसलाई गुट बनाउन र आफ्नो मान्छे बनाउन बाहेक अन्य परिणाममुखी काम गर्न फुर्सद नभएको भन्दै  कांग्रेसले आफूलाई बलियो बनाउन सबै तहका नेताहरू सुध्रिनुपर्ने बताउनुभयो ।

महासमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा अग्रज पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेश गरेको प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई व्यवस्थित गर्न सकिने धारणा राख्नुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार