कार्यसम्पादन मूल्याङ्कनमा त्रिवेणी गाउँपालिका प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा त्रिवेणी गाउँपालिका प्रथम

त्रिवेणी गाउँपालिका रुकुम पश्चिम। फाईल फोटो

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाको प्रथम भएको हो । सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार रुकुम पश्चिमका छ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ ।

त्रिवेणी गाउँपालिकाले ४७.३६ अंक प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिनुभयो ।

त्यसैगरी बाँफिकोट गाउँपालिकाले ४४.२४, आठविसकोट नगरपालिकाले ४२.१६, चौरजहारी नगरपालिकाले ४१.७०, मुसिकोट नगरपालिकाले ४१.३१ र सानीभेरी गाउँपालिकाले ३५.२८ अंक प्राप्त गरेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचाङ्कका आधारमा सबै तहको सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो । नगर तथा गाउँ कार्यपालिकाले असार १० गतेभित्र आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको अनुमान सम्बन्धित नगर तथा गाउँसभामा पेश गरे/नगरेको आदि विषयमा मूल्याङ्कन गरेको जनाएको छ ।
त्यस्तै, राजस्व र व्ययको अनुमान असार मासन्तसम्ममा सम्बन्धित नगर तथा गाउँसभाबाट पारित गरे/गरेको, स्थानीय तहले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने रकम प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको जस्ता सूचक बनाएर मूल्याङ्कन गरिएको थियो ।

कार्य सम्पादन मूल्याङन नतिजा, भूगोल तथा भारित लागत, जनसङख्या, मानव विकासको अवस्था लगायतको अवस्थालाई आधार लिई आगमी आर्थिक वर्षको समानिकरण अनुदान तथा बित्तिय हस्तान्तरण गरिने प्रचलन रहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार