एम्बुस बिष्फोट हुँदा चार जना घाइते

एम्बुस बिष्फोट हुँदा चार जना घाइते

भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको चुरे गाउँपालिकास्थित भासु भीर नजिक विद्युतीय धराप (एम्बुस) बिष्फोट हुँदा चार जना घाइते भएका छन् ।

जेसिबीमार्फत सडक चौडा तथा मर्मत गरिरहेको समयमा अचानक एम्बुस बिष्फोट हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा, डडेल्धुराका विकास थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले  बताए ।

थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने अन्य तीन जना घाइतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

द्धन्दकालमा उक्त क्षेत्रमा तत्कालिन बिद्रोही र नेपाली सेनाबीच लडाई भएको थियो। बुधवार बिष्फोट भएको बिद्युतीय धराप पनि द्धन्दकालकै भएको अनुमान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार