बार्षिकोत्सवको अवसरमा बालबालिकालाई सहयोग

बार्षिकोत्सवको अवसरमा बालबालिकालाई सहयोग

मुसिकोट । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम शाखाले ३७ औ बार्षिकोत्सवको अवसरमा बालबालिकालाई सहयोग गरेको छ । बिहिबार शाखाले बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई सहयोग गरेको हो ।

शाखाका प्रबन्धक टंक हमालका अनुसार मुसिकोट नगरपालिका -१ डाङग्रीचौरमा रहेको चन्दननाथ आधारभूत विद्यालयमा अध्ययनरत नौ जना बौद्धिक अपाङगता बालबालिकाहरुलाई सहयोग गरिएको हो । उनीहरुलाई सरसफाई तथा स्टेशनरी सामाग्री बितरण गरिएको हो । त्यसका साथै उत्सवको अवसरमा ती बालबालिकाहरुलाई बिहानको खाना समेत खुवाईएको छ ।

उनीहरुलाई दैनिक उपयोग हुने व्यक्तिगत सरसफाईका सामाग्रीहरु लगायत शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीका लिडर, सोही विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मा, अन्य शिक्षक तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार