हत्या आरोपमा एक जना पक्राउ

हत्या आरोपमा एक जना पक्राउ

मुसिकोट । रुकुम पश्चिम प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १२ जुम्लाबाङका ५१ वर्षिय हस्तराम खड्काको हत्या गरेको आरोपमा सोही वडाका २३ बर्षिय डिल्लीरमण खड्कालाई पक्राउ गरेको जनाएको छ ।

मृतक हस्तराम र हत्या आरोपी डिल्लीरमण बाजे नाती हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले हत्या आरोपी खड्कालाई रगत लागेको चप्पलसहित पक्राउ गरेको जानकारी दिनुभयो । उहाँका अनुसार खड्काले सामान्य विवादको क्रममा उत्तिस जातको काठको मुडाले टाउकोमा प्रहार गरि हत्या गरेको स्वीकार गरेका छन ।

पक्राउ परेका आरोपि खड्कालाई हिरासत कक्षमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान मुसिकोट नगरपालिका-१२ जुम्लाबाङ बुगेरीस्थित बैरागी ठाँटिबाट त्रिवेणीतर्फ जाने सडक छेउमा हस्तरामको शव भेटिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार