सुनथराली विमानस्थल उद्घाटन

सुनथराली विमानस्थल उद्घाटन

काठमाडौँ । कालिकोटमा रहेको सुनथराली विमानस्थल उद्घाटन गरिएको छ।

सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थल उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कर्णालीमा चुनावी सभाहरूमा गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको बताउनुभयो ।

निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले कालिकोटमा बोलेको कुरामध्ये एउटा काम पूरा भएको खड्काले बताउनुभयो ।

उहाँका अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्नेछ।

कालिकोटका नागरिकलाई यातायातमा सहज हुने गरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री खड्काले बताउनुभयो ।

पर्यटन मन्त्री सुदन किराती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार