मर्मतपछि मुसिडाँडाको जिपिएस स्टेशन सञ्चालन

मर्मतपछि मुसिडाँडाको जिपिएस स्टेशन सञ्चालन

मुसिकोट । तीन वर्ष अघि बिग्रिएको भूकम्पमापन यन्त्र ‘जिपिएस स्टेशन’ आजबाट पुनः सञ्चालनमा आएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –४ मुसीडाँडामा रहेको ‘जिपिएस स्टेशन’ मर्मतपछि सुरु भएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले जडान गरेको उक्त स्टेशन आजबाट पुनः सुचारु भएको हो । तीन वर्षअघि बिग्रिएको उक्त जिपिएस स्टेशन मापन केन्द्रको विज्ञसहितको टोली आएर मर्मत गरेपछि पुनः सुचारु भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बरिष्ठ भूकम्पविद् डा. लोक विजय अधिकारीले उक्त स्टेशन करिब पाँच वर्ष पहिला जडान गरिएको र बिचमा बिग्रिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त स्टेशनमा रहेको ब्याट्रि लगायतका केहि उपकरणहरुमा खराबी आएको थियो । उक्त स्टेशनले भूकम्पपछि जमिनको सतह तलमाथी, दायाँबाया सरेको मापन गर्दछ । प्रत्येक सेकेन्ड र प्रत्येक तीस-तीस सेकेन्डमा यस जिपिएस स्टेशनले जमिनको चाल मापन गर्ने डा. अधिकारीले जानकारी दिनुभयो ।

भूकम्प मापन केन्द्रले देशका विभिन्न ५१ वटा स्थानमा यस खालका जिपिएस स्टेशन स्थापना गरेको जनाएको छ । यसका साथै सानीभेरी गाउँपालिका वडा नम्वर –४ मेघामा मापन केन्द्रले सिस्मोमिटर जडान गरेको र नियमित सञ्चालनमा रहेको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार