मुसिकोटमा समाजवादी मोर्चाले सन्देश सभा गर्ने

मुसिकोटमा समाजवादी मोर्चाले सन्देश सभा गर्ने

मुसिकोट । रुकुम पश्चिममा समाजवादी मोर्चाले  सन्देश सभा गर्ने भएको छ । आज बसेको मोर्चाको जिल्ला संयोजन समितिको बैठकले यहि फागुन २१ गतेका दिन मुसिकोट खलंगामा सन्देश सभा गर्ने निर्णय गरेको हो ।

मोर्चाका अध्यक्ष गोविन्द रोका सचिनका अनुसार सन्देश सभाको सहभागिता व्यवस्थापनका लागि मोर्चाका पालिकास्तरिय संयोजन समितिहरु र मोर्चामा आवद्ध राजनैतिक दलका पालिकास्तरिय समितिहरु सक्रिय रहनेछन् ।

बैठकले मोर्चालाई पालिकास्तरमा समेत बिस्तार गर्ने निर्णय गरेको छ । फागुन १९ गतेभित्र रुकुम पश्चिमका ६ वटै पालिकामा मोर्चाको संयोजन समिति गठन गरिसक्ने निर्णय भएको छ ।

समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार