प्रभु बैंकमा हिनामिना भएको रकम फिर्ता गर्न माग गर्दै नगर प्रमुख पुगे प्रशासनमा

प्रभु बैंकमा हिनामिना भएको रकम फिर्ता गर्न माग गर्दै नगर प्रमुख पुगे प्रशासनमा

मुसिकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैंकका एक कर्मचारीले हिनामिना गरेको करोडौ रकम मध्य केहि रकम बैंकले फिर्ता गरेको छ ।

लाखौ रकम फिर्ता गर्न बाँकि रहेको भन्दै आठविसकोट नगरपालिकाका प्रमुख रबि केसीले जिल्ला प्रशासन र प्रहरीमा छानबिनको माग गर्नुभएको छ ।

बैंकको आठविसकोट शाखामा अपरेशन ईन्चार्ज पदमा कार्यरत निरज बिक्रम शाहले गैरकानूनी तरिकाले हिनामिना गरेको करोडौ रकम फिर्ता गर्न थालेको छ । नगर प्रमुख केसीका अनुसार हालसम्म नगरपालिकाको एक करोड पाँच लाख र १४ जना बचतकर्ताको ६७ लाख ९८ हजार रुपियाँ बैंकले फिर्ता गरिसेकेको छ । अझै पनि आठ जना बचतकर्ताको ५८ लाख आठ सय रुपियाँ फिर्ता गर्न बाँकि देखिएकोले उक्त रकम तत्काल फिर्ता गर्नुपर्ने उहाँको भनाई छ ।

यससाथै अन्य १३ जना बचतकर्ताको खाता अनाधिकृत रुपमा रोक्का गरिएकोले तत्काल सुचारु गर्न माग गरिएको छ । नगर प्रमुख रबि केसीले बिहिबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त र प्रहरी नायब उपरिक्षक नमराज भट्टराईलाई छुट्टाछुट्टै निवेदन दिएर उक्त घटनाको शीघ्र छानबिनको लागि निवेदन पेश गर्नुभएको छ ।

निवेदन उहाँले बैंकका आधिकारिक प्रतिनिधिलाई बोलाएर आवश्यक अनुसन्धान, छलफल गराई खातावालाको रोक्का खाता फुकुवा गरी बैंक तथा तत्कालिन कर्मचारीहरुबाट हिनामिना भई खातामा जम्मा नभएको रकम फिर्ता गर्न माग गर्नुभएको छ । स्थानीय स्तरमा भएको सहमति बैंकले वेवास्ता गरेपछि प्रशासन समक्ष छानबिनको माग गरिएको हो ।

नगर प्रमुख केसीलाई पीडितहरुले दिएको निवेदनमा आठ जनाको ५८ लाख आठ हजार रुपियाँ फिर्ता गर्नुपर्ने देखिन्छ । पारस सुनारको ३० लाख असी हजार, बिमला दमाईको एक लाख १५ हजार, सुनिता शाहीको चार लाख ९३ हजार, बिमला नेपालीको दुई लाख २० हजार, मनकला पुनको सात लाख, लक्ष्मण कुमार शाहीको तीन लाख, तिलक बहादुर मल्लको सात लाख र नरबहादुर कामीको दुई लाख रुपियाँ हिनामिना भएको उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार