फागुन २१ गतेदेखि कोरोना बिरुद्धको खोप लगाईदै

फागुन २१ गतेदेखि कोरोना बिरुद्धको खोप लगाईदै

फाईल तस्बीर

रुकुम पश्चिमका चार वटा स्थानीय तहमा कोरोना बिरुद्धको बुष्टर डोजको खोप लगाईने भएको छ ।

स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जिल्लाका आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिका लक्षित गरेर बुष्टर खोप लगाउने भएको हो ।

१२ वर्ष भन्दा माथीका व्यक्तिहरुलाई उक्त खोप लगाईने स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर कृष्ण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि दुई हजार २९० भाईल डोज खोज स्वास्थ्य कार्यालयमा प्राप्त भएको छ ।

खोप सुपरभाईजर खड्काले गत असोज महिनामा जिल्लाका मुसिकोट र चौजहारी नगरपालिकामा उक्त खोप लगाईसकिएको जानकारी दिनुभयो ।

बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले आगामी फागुन २१ गतेदेखि २४ गतेसम्म कोरोना बिरुद्धको बुष्टर डोजको खोप लगाईने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सेवा शाखासँग समन्वय गरेर उक्त खोप लगाईने जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार