उपचारकै क्रममा मृत्यु भएका मानबहादुरको परिवारलाई आर्थिक सहायता

उपचारकै क्रममा मृत्यु भएका मानबहादुरको परिवारलाई आर्थिक सहायता

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर २ का मानबहादुर खड्काको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

मेरुदण्डको समस्याको कारण अकालमै मृत्यु हुनुभएका खड्काको परिवारलाई ७७ हजार ४२० रुपियाँ सहयोग गरिएको हो ।

मुसिकोट नगरपालिका -२ निवासी टिका बिष्ट खड्काको अगुवाईमा संकलन गरिएको २९ हजार ६० रुपियाँ र अन्य विभिन्न व्यक्तिहरुले गर्नुभएको सहयोग आज वडा अध्यक्ष दिनेश खड्काले उहाँकै घरमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।

सहयोगी टिका बिष्ट खड्काका अनुसार मृतक मानबहादुरको १३ औ पुण्यतिथीको दिन आज घरमै पुगेको उहाँको परिवारलाई उक्त रकम प्रदान गरिएको हो । मानबहादुर मेरुदण्डको समस्याका कारण लामो समयदेखि उपचाररत हुनुहन्थ्यो । उपचारकै क्रममा ४७ वर्षको उमेरमा उहाँको निधन भएको थियो ।

नेपाली काँग्रेसको क्रियाशिल सदस्य रहनु भएका खड्काको परिवारमा आर्थिक अभाव रहेकोले सहयोगी दाताहरुबाट रकम संकलन गरेर परिवारका सदस्यहरुलाई दिईएको हो । मृतक खड्काका एक छोरा, तीन छोरी र श्रीमती हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार