रुकुम पश्चिम महोत्सव आजबाट

रुकुम पश्चिम महोत्सव आजबाट

गत वर्ष बराहाटाकुरामा आयोजना गरिएको महोत्सव । फाईल फोटो

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बराहटाकुरामा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आजदेखि सुरु हुँदै छ । रुकुम उद्योग वाणिज्य संघको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह-आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवको आज दिउँसो कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले उद्घाटन गर्ने आयोजक रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिनुभयो । उद्घाटन समारोहमा जिल्लास्थित सरोकारवाला सबैलाई आमन्त्रण गरिएको उहाँको भनाई छ ।

यस्तै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव सह-आयोजक कला, संस्कृति पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताउनुभयो । महोत्सव उद्घाटन कार्यक्रममा स्थानीय झाँकी तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने उहाँको भनाई छ ।

त्यस्तै महोत्सवको अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने परियारले जानकारी दिनुभयो । महोत्सवमा १ सय व्यापारिक स्टलहरु रहने छ ।   महोत्सवमा भोलीबाट मात्र टिकट शुल्क लाग्ने छ । महोत्सव हेर्नका १ सय रुपैंया टिकट शुल्क लाग्ने बताइएको छ ।

यसैगरी महोत्सव अवधिभर संयुक्त एम्बुलेन्स चालक संघ निःशुल्क एम्बुलेन्स सेवा दिने जनाएको छ । संघका अध्यक्ष कृष्ण कुमार ददेलले महोत्सवमा हुन सक्ने सम्भावित जोखिम स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै संघले महोत्सव अवधिभर एम्बुलेन्स तयारी अवस्था राख्ने बताउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार