दृष्टिविहिनहरुका लागि तालिम

दृष्टिविहिनहरुका लागि तालिम

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दृष्टिविहिन अपांगता भएका व्यक्तिहरुका लागि पाँच दिने सेतो छडी तालिम सुरु भएको छ ।

मानव विकास तथा सामुदायिक सेवाको भूकम्प प्रतिकार्य पुनस्थापना तथा पूर्व तयारी परियोजना रुकुम पश्चिम अन्तरगत आशा वालविकास सेवा सिविआर चौरजहारीको आयोजना र चौरजहारी नगरपालिकाको समन्वयमा तालिम सुरु भएको हो ।

तालिम चौरजहारी नगरपालिका वडा नम्बर ११ खोलागाउमा रहेकोे जहारीखोला वहुउद्देश्य सहकारी संस्था लिमिटेडको सभाहलमा संचालन भैरहेको सिविआर सहजकर्ता शन्देस जैसीले जानकारी दिनुभयो । सेतो छडी तालिममा चौरजहारी नगरपालिका भित्रका २१ जना पुर्ण दृष्टिबिहिन ब्यक्तिहरुको सहभागीता रहेको छ । तालिम विहिवार चौरजहारी नगरपालिका उपप्रमुख एवम कार्यक्रमका प्रमुख अथिती ईश्वरी शर्मा विएमले उदघाटन गर्नुभएको थियो ।

सेतो छडी तालिम अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्रता, आत्मविश्वास र साहसको प्रतीक हो भन्दै उपप्रमुख शर्मा तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

बाहिरी संसारसँग साक्षात्कार गर्ने माध्यम बनेको सेतो छडीको मदतबाट नै दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले जीवनको गन्तब्यविन्दुसम्मको यात्रा तय गर्न तालिमले सहजता प्रदान गर्ने विश्वास लिएको आयोजकले जनाएको छ । तालिम फागुन २१ गते सम्म सञ्चालन हुने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार