मेरो माइक्रोफाइनान्सद्धारा वित्तीय साक्षरता

मेरो माइक्रोफाइनान्सद्धारा वित्तीय साक्षरता

सुर्खेत । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड बाबियाचौर सुर्खेतले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको पन्चपुरि नगरपालिका वडा नम्बर १० जामु सुर्खेत मा रहेको जनज्योति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको हो ।

कार्यक्रममा महिला उद्यमशीलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु तथा लघुवित्त वित्तीय संस्थाको महत्त्व, कर्जाको सही सदुपयोग कसरी गर्ने लगायतको बारे अभिमुखिकरण प्रदान गरिएको मेरो माइक्रोफाइनान्स लघु बित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत युधिर बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागि विद्यार्थीहरुले बित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा मेरो माइक्रोफाइनान्स लघुबित्तलाई धन्यवाद दिदै कार्यक्रमबाट समय सापेक्ष र ब्यवहारिक बित्त सम्बन्धि ज्ञान आफुहरुले सिकेको बताउनुभयो ।

कार्यक्रमको सजिकरण मेरो माइक्रोफाइनान्सका शाखा प्रबन्धक लयन बहादुर शाहि र अनुगमन अधिकृत युधिर बस्नेत लगायतका कर्मचारीहरुले गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार