वडाध्यक्षको पनि सम्पत्ति शुद्धिकरण गरिनुपर्छ : मन्त्री गुरुङ

वडाध्यक्षको पनि सम्पत्ति शुद्धिकरण गरिनुपर्छ : मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वडाध्यक्षको पनि सम्पत्ति शुद्धिकरण गर्नुपर्ने बताएका छन्।

तानसेन नगरपालिकाले आयोजना गरेको ‘प्रथम तानसेन महोत्सव’को शनिवार तानसेनमा उद्घाटन गर्दै उनले भने, ‘वडा तहमा पनि भ्रष्टाचार मौलाउँदै गएको छ। वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति शुद्धीकरण गरिनुपर्छ।’

उनले आफू पनि भ्रष्टाचार गरेको ठहरिए कानुन बमोजिम कारबाही भोग्न तयार रहेको बताए।

जनताप्रति नेताको कुनै चासो नरहेको भन्दै मन्त्री गुरुङले मुलुक र जनताको पक्षमा काम गर्दा राजीनति गर्न नहुने बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार