मुसिकाेटमा औद्योगिक प्रदर्शनी प्रतियोगिता सम्पन्न

मुसिकाेटमा औद्योगिक प्रदर्शनी प्रतियोगिता सम्पन्न

मुसिकाेट । रुकुम पश्चिममा औद्योगिक प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । मुसिकोट खलङ्गाको बराहटाकुरामा संचालित रुकुम पश्चिम महोत्सवमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा औद्योगिक प्रदर्शनी प्रतियाेगिता भएको थियो ।

प्रतियोगितामा जिल्लाभरका ११ उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीका राखेको कार्यालय प्रमुख मानबहादुर खत्रीका जानकारी दिनुभयो । प्रदर्शनीमा त्रिवेणी अल्लो कपडा उद्योगका ठानबहादुर बुढाथोकी प्रथम हुनुभएको छ । उहाँले मुसीकोट नगरपालिका– १ सल्लेमा अल्लोबाट कपडा बनाउने गर्नुभएको छ । उहाँले महोत्सवमा अल्लोको कपडा प्रदर्शन गर्नुभएको थियो । उहाँले ३० हजार पुरस्कार पाउनुभएको छ ।

त्यस्तै त्रिवेणी गाउँपालिका– २ मा रहेको मगल मादल उद्योगका संचालन मंगल बादी दोस्रो हुनुभएको छ । उहाँले आफ्नो उद्योगमा निर्माण भएका मादलहरु महोत्सवमा प्रर्दशनीमा राख्नुभएको थियो । उहाँले सिम्रुतुमा मादन वनाउदै आउनुभएको छ । उहाँले २० हजार नगत पुरस्कार पाउनुभएको हो ।

त्यस्तै मुसीकोट नगरपालिका– ५ मा रहेको खड्का मुढा उद्योगका संचालक विरबहादुर खड्का तेस्रो हुनुभएको छ । उहाँले मेलामा मुढा प्रदर्शनीमा राख्नुभएको थियो । उहाँले १० हजार नगत पुस्कार प्राप्त गर्नुभएको छ । प्रदर्शनीमा सहभागि भएर स्थान प्राप्त गर्ने उद्यमीहरुलाई कार्यालय प्रमुख खत्रीले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिता जिल्लाभरका लघु, घरेलु तथा साना उद्यमीहरू बिच वस्तु तथा सेवाको गुणस्तर, उत्पादित परिमाणका बारेमा आम सर्वसाधारण एवं सरोकारवाला निकायहरूलाई जानकारी गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्यले आयाेजना गरिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार